|  

उषा र आशिष ‘सुन प्रिय’ मा

२६ असोज, काठमाडौं । गायक सन्जिव पुडासैनी र गायिका मेलिना राईको स्वरमा रहेको सुन प्रिय बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

​वैँशालु उमेरमा जाने र नजानेर प्रेममा पर्नेहरुको कथामा पछिल्लो पुस्ताकी लोकप्रिय मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुङ र नवराज बस्नेतले गज्जबको अभिनय गरेका छन् ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयंकै संगीत सृजना रहेको छ । जसको एरेन्ज र मिक्सिङ एण्ड मास्टरिङ  शैलेन्द्र मान प्रधान (बाबु) ले गरेका हुन् ।​ सोभित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् ।

भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् ।