|  

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

३१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ  १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।