|  

आज स्वदेश फर्कँदै साफको उपविजेता नेपाली फुटबल टोली

 १ कात्तिक, काठमाडौं ।  माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज (सोमबार) नेपाल आइपुग्ने भएको छ।

 

 

नेपाली टिम बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।

नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो। पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो। भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो। लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपालले  फाइनलमा स्थान बनाएको थियो।