|  

कोरोना: भारतमा १४ हजार २८९ जनामा संक्रमण पुष्टि

१ कात्तिक, काठमाडौं ।  भारतमा पछिल्लो २४ घण्टामा १४ हजार २८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ८१ हजार ४९ पुगेको छ । भारतमा १ लाख ९७ हजार १२ जना सक्रिय संक्रमित  छन् ।

यस्तै त्यहाँ एकैदिन १६५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार ३२१ पुगेको छ ।