|  

एसयिन कप छनोट खेल्ने नेपाली टोली आजै ताजकिस्तिान जाँदै

२ कार्तिक, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली टोली आज (मंगलबार)  ताजिकिस्तान जाँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार छनोटका लागि ताजिकिस्तान जाने नेपाली यू–२३ टोलीलाई बिदाइ गरेको हो। 

छनोटका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए।
छनोटमा नेपाल ताजिकिस्तान, लेबनान र इरानसहित समूह ’बी’ मा रहेको छ। 

नेपालले समूह चरणको पहिलो खेल अक्टोबर २५ मा इरानसँग खेल्नेछ भने दोस्रो खेलमा अक्टोबर २८ मा ताजिकिस्तानसँग खेल्नेछ। त्यसैगरी छनोट चरणको अन्तिम खेलमा नेपालले अक्टोबर ३१ मा लेबनानको सामना गर्नेछ।

छनोटअघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्।