|  

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबीच टेलिफोन वार्ता

२ कार्तिक, काठमाण्डौं । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोनमा कुराकानी भएको छ ।

उनीहरूबीच आज टेलिफोनमा कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उनीहरुवीचको कुराकानीको विस्तृत विवरण भने मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिने उनले बताइन् ।