|  

१०९६ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

कात्तिक २ काठमाडौं। पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ। 

मन्त्रालयको अनुसार अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।