|  

माछा मार्न गएका ३ जना बेपत्ता

२ कार्तिक, काठमाण्डौं । कैलालीको लम्कीचुहामा नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् ।

हिजो दिउँसो माछा मार्न गएका लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ढुङ्गेबजारका ६१ वर्षीय खडकबहादुर घर्तीमगर, ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन् ।

उनीहरु हिजै बेपत्ता भएको भएपनि आफन्तले आजमात्रै प्रहरीलाई खवर गरेका थिए । आफन्तले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय, चिसापानीको टोली बेपत्ताहरूको खोजीमा खटिएको छ ।