|  

महाकाली नदीमा पानीको बहाव आठ वर्षयताकै उच्च

२ कार्तिक, काठमाण्डौं । महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च ५ लाख ४७ हजार २२४ क्युसेक पुगेको छ ।

आज गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव आठ वर्षयताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवत जावतमा पूर्णरूपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ । पानीको बहाव उच्च बन्दै गएपछि वर्षौँ पुरानो पुलसमेत जोखिममा परेको छ । सन् १९२३  मा निर्माण कार्य प्रारम्भ गरिएको पुल सन् १९२९ मा निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आएको थियो । पुल निर्माणको कार्य सम्पन्न भएपछि नदीको जलस्तर मापनको कार्य हुँदै आएको छ ।