|  

किसानलाई राहत कार्यक्रम ल्याउन एमालेको माग

२ कार्तिक, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले किसानलाई राहत कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको बेमौसमी वर्षाका कारण अन्न बाली नष्ट भएको भन्दै राहत कार्यक्रम ल्याउन माग गरेका हुन् ।

तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । अवरुद्ध यातायात लगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ ।’