|  

गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

२ कार्तिक, काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँण र नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच आज भेटवार्ता भएको छ ।

सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराउँदै प्रवक्ता प्रकाण्डले सरकारका सम्बन्धित निकायहरू र नेकपाबीच भेटवार्ता भएको जानकारी दिएका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाल सरकारबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

नेकपाले सहमति कार्यान्वयनका लागि खबरदारी गर्दै आएको छ ।