|  

मोरङको सिटिजन बैंकबाट नगद लुटपाट गर्ने थप १ ब्यक्ति पक्राउ

२ कार्तिक, काठमाण्डौं । मोरङको सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज–१० बस्ने २० वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपी चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको थियो ।

सोही घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो । उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका रोशनलाई सुनवर्षी नगरपालिका–८ सिक्टी नेपाल चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न असोज २५ गते पक्राउ परेकामध्ये श्याम मुखियाको कोठाबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र  ५ सय ग्राम अवैध लागूऔषध गाँजासमेत प्रहरीले बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई १२ हजार रुपैयाँ लुटपाट गरेको घटनाम ासमेत सोही समूहका सदस्यहरूको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।