१२ कार्तिक, काठमाडौं । शिक्षालाई बालिकाहरुको पहुँचबाट टाढा जान नदिने मुख्य उद्देश्यले सञ्चालित ʻशिक्षामा बालिकाहरुको निरन्तरता सुनिश्चितʼ परियोजना सम्पन्न भएको छ ।
युनेस्कोले कोभिड–१९ को महामारीका समय बालिकाहरुको शिक्षामा रोक नआओस भन्ने उद्देश्यले विशेष अभियान नै सञ्चालन ग¥यो । जहाँ नेपालका सबै कलाकारहरुलाईसमेत सक्रिय बनाइएको थियो ।
तीन महिने यो अभियान युनेस्को अन्र्तगतको युएनएफपीए, युएन वुमन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोइकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसको कार्यान्वयन मित्र समाजले गरेको थियो ।
‘मिडिया एंगेजमेन्ट एक्टिभिटिज टु एड्भोकेट फर गल्र्स एजुकेशन एण्ड सपोर्ट अराउण्ड द इन्टरनेशनल डे अफ द गल्र्स चाएल्ड २०२१’ नारासहितको अभियानले कोभिड–१९ र त्यसभन्दा बाहिर राष्ट्रिय स्तरमा बालिका शिक्षा सम्बन्धी मुद्दा उठाएर आइडीजीसी २०२१ को स्मरण गरायो ।
यसकालागि ‘अन्तर्राष्ट्रिय बालिका दिवस (आइडीजीसी) २०२१’ को लागि विशेष कुराकानी समेटिएको कार्यक्रम इमेज च्यानलमा बेलुका ८ बजे प्रसारण गरिएको थियो । अक्टोबर ११ मा गरिएको टेलिभिजन प्यानल छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्साल, डा. जानुका नेपाल पौडेल र डा. बलराम तिमिल्सिनाले ʻबालिका शिक्षा र कोभिड–१९ महामारीका चुनौतीहरूʼ माथि प्रकाश पारेका थिए । साथै बालिकाको शिक्षामा निन्तरताकालागि गर्नुपर्ने थप कामहरुका विषयमासमेत छलफल भएको थियो । यस छलफलको सहजकर्ताकारुपमा पूर्व मिस नेपाल मालभिका सुब्बाले भुमिका निर्वाह गरेकी थिइन् ।
प्यानल छलफलसँगै साँझ ७ बजे नेपाल टेलिभिजनबाट ‘नलेखिएका भाग्यहरु’ नामक २५ मिनेटको भिडियो ‘अलिखित नियति’को रूपमा प्रशारण गरिएको थियो । यसैगरी, अक्टोबर ११ मा मित्र समाज र यूनेस्कोको सामाजिक सञ्जालहरुमा वेबकास्टसमेत गरिएको छ । भिडियो युनेस्कोद्वारा निर्मित रेडियो नाटक ‘लेट मी रीड, लेट मी ग्रो’ बाट लिइएको थियो । यो त्यस्ता दृश्य अनुकूलनका चार संस्करणहरू मध्ये एक थियो । यी कार्यक्रमहरूलाई प्रवर्द्धन गर्न टिजरहरू, सम्बन्धित टिभी च्यानलहरू र डिजिटल मिडिया प्लेटफर्महरू जस्तै फेसबुक, इन्स्टाग्राम र युट्युबहरू मार्फत प्रसारण गरिएको थियो भने ई–कान्तिपुर र अनलाइनखबरमा क्रमशः इन्टरस्टिसियल र विज्ञापन राखिएको थियो ।
आएडीजीसीको सम्झनाको तयारी भदौ १ गतेबाट सुरु भएको थियो भने अक्टोबर ३१ सम्म चलेको थियो । बालिका शिक्षाका बारेमा व्यापक चेतना जगाउने उद्देश्यले डोटेली, मैथली र भोजपुरी भाषाहरूमा जनहितमा जारी सन्देश उत्पादन गरी नियमित रूपमा प्रसारण गरिएको थियो । रौतहट, सर्लाही, सुनसरी, अछाम र बाजुरामा प्रत्येक कार्यक्रमका दुईवटा रेडियो स्टेशनहरूसहित १० वटा रेडियो स्टेशनहरूबाट ४५ दिनसम्म यस्तो सन्देशहरु प्रवाह गरिएको थियो । त्यसैगरी, नेपाल टेलिभिजनबाट अक्टोबर १ देखि १८ दिनसम्म दिनमा १४ पटक बज्नेगरी एक मिनेटको भिडियो सार्वजनिक सन्देश उत्पादन र प्रसारण गरिएको थियो ।
यस अभियानमा नेपालका चर्चित सेलिब्रेटीहरु पनि सहभागी भएका थिए । सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री स्वस्तिमा खड्का र गायक प्रकाश सपुतले आफ्नो सामाजिक सञ्जालबाटसमेत निरन्तररुपमा प्रभावकारी तवरबाट बालिकाको शिक्षाकालागि वकालत गरिरहेका थिए । कोभिड–१९ को प्रभावमा बालिकाको शिक्षा पर्न नदिन उनीहरुको वकालत अत्यन्त राम्रो रहेको थियो । सायदै पहिलो पटक खड्का र सपुतले बालिका शिक्षामा लेख लेखेर नेपालका राष्ट्रिय दैनिक पत्रिकाहरु नेपाल समाचारपत्र र कान्तिपुर दैनिक जस्ता चर्चित सञ्चारमाध्यममा प्रकाशित गरेका थिए । नेपालको राम्रो चलेको एक मासिक पत्रिकाको पूर्वसम्पादक भइसकेका सुब्बाले पनि एउटा लेख लेखेर नेपालको चर्चित सञ्चारमाध्यम अनलाइन खबर डट.कममा प्रकाशित गरेकी छन् ।
नेपालमा कोभिड–१९ महामारीले शिक्षामा गहिरो असर पर्ने जोखिम उच्च रहेको थियो । धेरै बालिकाहरूले विद्यालय छोड्ने सम्भावना बढेको बेला यो परियोजना कार्यान्वयनमा आएको हो । यस परियोजनाले बालिकाको शिक्षालगाएत सामाजिक क्षेत्रमासमेत सुधार गर्दै आएको परियोजना लागु गरिएको जिल्ला रौतहटका बालिकाले प्रतिकृया दिएको ʻशिक्षामा बालिकाहरुको निरन्तरता सुनिश्चितʼ परियोजनाका रौतहट जिल्ला क्षेत्रिय संयोजक दिपेन्द्र ठाकुर बताउँछन् । रौतहटमा अहिले समुदायिक शिक्षा केन्द्र सञ्चालन हुनुका साथै बालविवाह युनिकरणमा सहयोग, समाजिक क्षेत्रका अन्य समस्या माथिको छलफल र निकास निकाल्नमासमेत सहयोग पुगेको उनको भनाई छ । विशेषत बालिकाहरुकालागि बालिकामैत्री शौचालयका विषयमा त्यहाँका विद्यालय जिम्मेवार भएर काम गरिरहेका छन् ।
यसैगरी, यो परियोजना सञ्चालन भएको जिल्ला अछाम र बाजुरामासमेत प्रभाव राम्रो रहेको यस परियोजनाका अछाम र बाजुरा हेर्ने क्षेत्रिय संयोजक देवेशराज गिरी बताउँछन् । विशेषत बालविवाह न्युनिकरण र अछामलाई साक्षरता घोषणा गर्न यस परियोजनाले महत्वपुर्ण भुमिका खेलेको उनको भनाई छ । शिक्षाका साथ–साथै आर्थिक पक्षमासमेत ज्ञान दिइएकाले आयमुलक क्षेत्रमा बालिकाहरुको ध्यान पुगिरहेको उनको भनाई छ ।
यसैगरी, परियोजना सञ्चालित जिल्ला सर्लाही र सुनसरीमा पनि बालिकाको शिक्षा क्षेत्रमा विशेष सहयोग पुगेको त्यहाँका स्थानिय तहहरुलेसमेत बताएका छन् ।
यसरी कोरोनाको विषम परिस्थितिमा पनि बालिकाहरुको शिक्षामा रोकावट आउन नदिन परियोजनाले महत्वपुर्ण भुमिका खेल्दै समाज रुपान्तरणमा बालिकाको सहभागितालाई सुनिश्चित गर्ने पुलको काम गरिदिएको छ । आगामी दिनमापनि यस्ता कार्यक्रम जारी राख्ने प्रतिबद्धता युनेस्को र यससँग सम्बन्धित सबै संघ–संस्थाले जनाएका छन् ।