|  

भारतीय चलचित्रले हामीमाथि सांस्कृतिक अतिक्रमण ग¥यो- मोहन निरौला (भिडियोसहित)

१९ पुस, काठमाडौं । नेपाली चलचित्रकर्मी मोहन निरौलाले चलचित्र मनोरञ्जनको साधन मात्र नभइ एक सन्देश मुलक सामग्री भएको बताएका छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले हाम्रो देशमा बनेका चलचित्रहरु नेपाली कला संस्कृतिका साथसाथै राष्ट्रियता झल्किने गरी बन्न नसकेको टिप्पणी गरेका छन् । उनले भने, ‘हामीले चलचित्रमा एउटा निक्र्यौल कुरा दिनुपर्ने भएपनि त्यो हामीले दिन सकिरहेका छैनौ ।’

उनले नेपाली हलहरुमा निर्वाध रुपमा विदेशी फिल्महरु प्रदर्शन भइरहेको प्रति गम्भीर आपत्ती जनाए । उनले विदेशी फिल्महरु यसरी निर्वाध रुपमा प्रदर्शन हुँदा पनि सरकारले कुनै किसिमको बन्देज लगाउन नसकेकोमा दुखेसो ब्यक्त गरेका छन् । भारतीय चलचित्रले हामीमाथि सांस्कृतिक अतिक्रमण गरेको भन्दै उनले देशको अस्तित्व राख्न संस्कृतिलाई बचाउनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘भारतीय चलचित्रमाथि पनि निगरानी हामीले गर्नुपर्छ । त्यसलाई कसरी न्युनिकरण गर्ने र नेपाली चलचित्रलाई कसरी माथि उठाउने भन्नेबारे एउटा निति बनाउनुपर्छ, उक्त निति बनाउन भने सरकारको विशेष पहलको खाँचो छ ।’

चलचित्रकर्मी मोहन निरौलाको संयोजकत्वमा ‘नेपाली मौलिक संस्कृति बचाउ राष्ट्रिय अभियान २०७८’ गत मङ्सिर २६ गतेदेखि शुभारम्भ भएको थियो । उक्त महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि पर्चा वितरण गर्दै आइरहेको छ ।

भिडियो पनि छ, हेर्नुहोला ।