|  

चलचित्र ‘गुड स्टुडेन्ट’ प्रर्दशनमा

२५ पुस, काठमाडौं । शैक्षिक चेतना मुलक चलचित्र ‘गुड स्टुडेन्ट’ प्रर्दशनमा आएको छ ।

काठमाण्डौ महानगर प्याब्सनका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल चलचित्र बोर्डको विषेश हलमा पहिलो प्रिमियर स्व गरिएको उक्त चलचित्र अब देशभरका विद्यालय तथा कलेजमा प्रर्दशन गरिने भएको हो ।

शिव आर जेद्वारा निर्देशित चलचित्र ‘गुड स्टुडेन्ट’ मा शुरविर पण्डित, लक्ष्मण विक्रम बस्नेत, मिना जिसी, विरेन्द्रराना, धनश्याम तिमल्सेना, हरी कट्टेल, सुप्रिया राउत, सिवानी राठत, विनोद तामाङ, रामकुमार श्रेष्ठ, सावित्री श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

रामकुमार श्रेष्ठ र इन्दिरा राउत निमार्ता रहेको चलचित्रको छायांकन भने रामकृष्ण कँडेलले गरेका छन् । विश्वास भण्डारीको सम्पादनमा चलचित्र बनेको हो । प्रिमियर स्वमा यस चलचित्रमा अभिनय गर्ने कलाकार तथा प्राविधिकहरुलाई फिल्म युनिटको तर्फबाट प्रमाणपत्र तथा प्रशसा पत्र दिएर विशेष सम्मान समेत गरिएको थियो