|  

संसारकै सवैभन्दा बढी ट्याक्स तितेर गाडी चढ्छन् नेपाली - नाडा अध्यक्ष (भिडियो सहित)

२६ पुस, काठमाडौं । नाडा अटो मोवाइल सेक्टरमा काम गर्ने तथा ब्यवसाय गर्नेहरुको एउटा संगठन हो ।

झट्ट हेर्दा पैसा हुनेले गाडी चढ्छन्, पैसा हुनेले सवारी साधन खरिद गर्छन, पैसा नहुनेका लागि यो विषय हैन जस्तो लाग्छ । तर समग्र तपाई हामी सँवैसँग यो विषय जोडिएको छ । किनकी जुन रुपमा सवारी साधन बढ्दै जान्छ , त्यो अनुपातमा बाटोघाटोको निर्माण हुन सकेन र भएका बाटोको निर्माण नभए सवारी जाम हुन्छ, त्यसको प्रत्यक्ष असर भने सवैप्रकारका यात्रुहरुले भोग्नुपर्छ ।

त्यस्तै अर्को एउटा सत्य छ जो सबै नेपालीलाई थाहा छैन् होला । नेपालीहरु विश्वकै सवैभन्दा बढी ट्याक्स तितेर गाडी चढ्ने गर्दछौ ।

के नेपालमा सवारी साधन भित्र्याउन प्रोत्साहित गर्नुपर्छ ? के नेपालमा सवारी साधन नभइ नहुने विषय बनिसकेको छ ? के नेपालमा सवारी साधनका लागि हामीले गरिरहेको खर्च सहि ठाउँमा नै प्रयोग भइरहेको छ त ?

यसै विषयको सेरोफेरोमा रहेर नाडाका अध्यक्ष ध्रुव थापासँग गरिएको कुराकानी ।