|  

आइफोन एसई सार्वजानिक गदैँ एप्पल

२७ पुस, काठमाडौं । पछिल्लो समय सबै मोबाइल फोनहरुलाई पछि पार्दै एप्पल अगाडी बढी रहेको छ ।

एप्पलले हालै फाइभजी सहित आइफोन एसई चाँडै  नै बजारमा सार्वजनिक गर्ने भएको छ ।  एप्पलले आउदा मार्च वा अप्रिलमा नयाँ आइफोन एसई  सार्वजानिक गर्ने ब्लुमबर्गले  जानकारी दिएको छ ।एक भर्चुअल प्रेजेन्टेसन मार्फत कम्पनीले आईफोन सार्वजनिक गर्ने कम्पनीले  बताएको छ ।

यो आइफोन ८ सरहनै हुनेछ तर यसमा नयाँ प्रोसेसर र फाइभजी कनेक्सन रहनेछ । नयाँ प्रोसेसरमा आइफोन १३ को ए १५ चिप रहेको आशंका पनि गरिएको छ । क्यामेरा सेन्सर र स्टोरेजमा पनि अपडेट आउने रिपोर्टले जनाएको छ । आइफोन एसईमा बटनमा आधारित फिगंरप्रिन्ट रिडर हुनेछ ।