|  

क्यान इन्फोटेक २०२२ अनिश्चितकालका लागि स्थगित 

२७ पुस, काठमाडौं । सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०२२’ अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोभिड- १९ को तेस्रो लहर सुरु भएपछि सरकारले गरेका पछिल्ला निर्णयअनुसार क्यान महासंघले महासंघले सूचना प्रविधि मेला सारेको हो । यसअघि माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना हुने मिति तोकिएको थियो ।

महासंघका अनुसार इन्फोटेक मेलाका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसँगको परामर्शमा अर्को निर्णय नभएसम्मका स्थगित गरिएको हो । २७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह-प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी आयोजकले तयारी गरेको थियो ।