|  

सैनिक प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त 

२९ पुस, काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई दिइएको छ ।

आजदेखि औपचारिक रूपमा सहायक रथी सिलवालले कार्यभार सम्हालेका हुन् । निवर्तमान प्रवक्ता सन्तोषबल्लभ कोइरालाको केही दिनअघि शान्ति कार्य निर्देशनालयमा सरुवा भएपछि सिलवालले प्रवक्ताको जिम्मेवारी पाएका हुन ।

उनी यसअघि बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए ।