|  

ब्रेल पाठ्यपुस्तकमा भएको त्रुटिका कारण दृष्टिविहीन विद्यार्थी र शिक्षकलाई समस्या 

२९ पुस, काठमाडौं । विद्यालय स्तरका दृष्टिविहीनहरूका लागि छापिएका ब्रेल पाठ्यपुस्तकमा त्रुटि भेटिएपछि दृष्टिविहीन विद्यार्थी र शिक्षकहरूलाई समस्या भएको छ ।

दृष्टिविहीनहरूका लागि ब्रेल लिपिमा पाठ्यपुस्तक छापिने गरिन्छ । सोही पाठ्यपुस्तक उनीहरूले छामेर पढ्ने गर्दछन् । ललितपुरको एक विद्यालयमा दृष्टिविहीनहरूलाई पढाउने शिक्षिकाले ब्रेल पाठ्यपुस्तकमा ५० प्रतिशत गल्ती पाइएको जानकारी दिइन ।

उनका अनुसार कक्षा ३ र ४ को पाठ्यपुस्तकमा यस्ता त्रुटि धेरै रहेको छ ।  यसैवीच भक्तपुर नेत्रहीन संघका अध्यक्ष सुरेशराज भण्डारीले दृष्टिविहीन विद्यार्थीलाई पुराना पाठ्यपुस्तक वितरण गरिएको पाइएको बताए । शिक्षक र शिक्षिकाहरूबाट ब्रेल पाठ्यपुस्तकमा त्रुटि भएको गुनासो आउने गरेको भण्डारीले बताए ।

उनका अनुसार पुस्तकमा कतै लाइन छुट्टिएको त कतै शब्द नै बिग्रेको छ ।