|  

सामसङको ९० हजार पर्ने ग्यालेक्सी एस २१ एफई ५ जी बजारमा

२९ पुस, काठमाडौं । सामसङले २०२२ मा नयाँ इकोसिस्टम सहितको स्मार्ट फोन ग्यालेक्सी एस २१ एफई ५ जी ल्याएको छ ।

ग्यालेक्सी एस २१ का प्रिमियम गुणहरूको भरपुर शक्ति भएको ग्यालेक्सी एस २१ एफई ५ जीमा शक्तिशाली कार्यक्षमता, प्रो-श्रेणीको क्यामेरा र कठिनाइरहित इकोसिस्टम लगायत विशेषता रहेको छ । यो स्मार्ट फोन युवालक्षित रहेको सामसङ मोबाइल नेपालका बिजिनेस प्रमुख प्रणयरत्न स्थापितले बताए ।

ग्यालेक्सी एस २१ एफई ५ जी ग्राफाइट, लाभेन्डर, र अलीभ गरी तीन रङमा उपलब्ध छ । ग्यालेक्सी एस २१ एफई ५ जीको ८ं२५६ जीबी भ्यारियन्टको मूल्य ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।