|  

सामन्थासँगको सम्बन्धविच्छेदबारे नागाले खोले मुख

२९ पुस, काठमाडौं । दक्षिण भारतीय फिल्म स्टार नागा चैतन्यले आफ्नो सम्बन्धविच्छेदका बारेमा बोलेका छन् ।

उनकी पत्नी अभिनेत्री सामन्था रुथ प्रभु र नागाले गतवर्ष सम्बन्धविच्छेद गरे का थिए । तर उनीहरु के कारणले अलग्गिए भन्ने कुरा अहिले पनि खुल्न सकेको छैन ।

नागाले हालैमात्र मिडियासँग सामान्थासँग अलग्गिएर आफू खुशी भएको प्रतिक्रिया दिएका छन् । सामान्थासँग अलग्गिएर नागा उदास भएको हुनसक्ने आँकलन भइरहँदा उनको यो भनाई आएपछि सबै चकित परेका छन् ।

सामान्था र नागाले चार वर्षअघिको वैवाहिक सम्बन्धलाई गतवर्षको अक्टोबर २ मा टुंग्याएका थिए ।