|  

गायिका रोनीको मृत्यु

२९ पुस, काठमाडौं । चर्चित गायिका रोनी स्पेक्टरको मृत्यु भएको छ ।

रोनीको ७८ वर्षको उमेरमा    निधन भएको हो । सन् १९६० को प्रख्यात गायन समूह द रोनेट्सकी प्रमुख गायिका रोनीको  क्यानसका  कारण निधन भएको उनको परिवारले जनाएको छ ।

‘बी माई बेबी, बेबी आई लभ यू र वाकिंग इन द रेन’ जस्ता हिट गीतहरूबाट पप स्टार रोनी स्पेक्टर प्रसिद्धिमा पुगेकी थिइन् । सन् १९४३ मा जन्मेकी रोनीले  सन् १९६४ मा अर्थात १८ वर्षको उमेरमा नै प्रख्याती कमाएकी थिइन् ।