२९ पुस, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता तेजावी सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै चाँदी आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।