|  

च्यासल युथ क्लबका प्रदिप र कमललाई कोरोना पुष्टि

२९ पुस, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्यासलमा प्रतिस्पर्धा गरिरहेका युथ क्लबका २ जना खेलाडीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ जनामा कोरोना संक्रमण पुष्टि भएको टोलीका सहायक प्रशिक्षण आशिख थापाले जानकारी दिए । थापाका अनुसार गत साता पोखरामा मनाङ मर्स्याङ्दीसँग खेलेर काठमाडौँ फर्किएका गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो ।

गत हप्ता पोखरा रंगशालामा च्यासल ५–० ले पराजित भएको थियो । त्यसपछि काठमाडौँ आएसंगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको थापाले  जानकारी गराए ।  संक्रमित दुवै टोलीको नियमित खेलाडीसमेत हुन् । अब, नवौं चरणमा च्यासलले पुलिससँग खेल्दै छ ।