|  

हरियाली सेयर बजार, ६ अर्ब माथीको कारोबार

२९ पुस, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार (नेप्से) परिसूचक बढेको छ ।

आज बिहीबार नेप्से ५४ अंकले बढेको हो । हिजो बुधवार ३० अंकले  घटेको नेप्से आज भने ५४ दशमलव १२ अंकले  बढेर २ हजार ८ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज सेयर  कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको सयर  कारोबार भएकोमा आज  बिहीबार ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २ सय २४ कम्पनीका १ करोड १६ लाख कित्ता हाराहारीमा सेयर  किनबेच भएको छ । 

आज जीवन बीमा समूहको सेयर तीन सय ४९ अंक, निर्जीवन बीमाको दुई सय ८८, माइक्रोफाइनान्सका १ सय ७४, जलविद्युतको १ सय ५८ र विकास बैंक समूहको सेयर  एक सय ४७ अंकले  बढेको छ ।

बिहीबार  सबैभन्दा धेरै माथिल्लो तामाकोसी हाइड्रोपावरको ३४ करोड रुपैयाँको सयेर  किनबेच भयो । त्यस्तै मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढ्दा माउन्टेन हाइड्रो र कर्णाली विकास बैंकको शेयर ९ प्रतिशत बढेको छ ।