|  

लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

२९ पुस, काठमाडौं । कैलालीमा अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा २५ वर्षीय दिपेन्द्र सिंह र ३३ वर्षीय नितेश ओली रहेका छन् । उनीहरुलाई धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट ४ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरील शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्नेक्रममा लागूऔषधसहित पक्राउ गरेको हो ।