|  

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

३० पुस, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज फेसबुकमार्फत महासचिव पोखरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । अबको केहि दिन आइसोलेसनमा बस्नुपर्ने भएको भन्दै उनले यसअघि निर्धारित सबै कार्यक्रमहरू स्थगित भएको समेत उल्लेख गरेका छन् ।

उनी बुधबार एमाले बारा जिल्ला कमिटीद्वारा आयोजित दसौं जिल्ला अधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्नका लागि बारको कलैया पुगेका थिए ।