|  

निर्माणाधीन भवनमा आगलागी

३० पुस, काठमाडौं । बुटवलमा आज (शुक्रबार) एक क्लबको निर्माणाधीन भवनमा आगलागी भएको छ ।

बुटवल उपमहानगरपालिका–९ को सिद्धार्थ कटेज नजिकै ’प्लान बी डान्स क्लब’को बन्दै गरेको भवनमा  आज मध्यान्न १२ बजेदेखि आगलागी भएको हो । आगलागी कारण भने हालसम्म खुलेको छैन ।

आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल प्रयोग भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए । यसका साथै तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको प्रहरीले जनाएको छ ।