|  

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३० पुस, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन आज प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरेको महासंघले जनाएको छ ।