|  

रंगशालामा भइरहेको फुटबल हेर्न खोप कार्ड अनिवार्य

३० पुस, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग दशरथ रंगशालामा  भइरहेको खेलहरु हेर्नका लागि जाने दर्शकहरुले अब कोरोना खोप कार्य अनिवार्य रुपमा लिएर जानुपर्ने भएको छ ।

अब दर्शकले मैदान प्रवेश गर्नुअघि नै खोप कार्ड अनिवार्य रुपमा  देखाउनु पर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को कमिटीले जनाएको छ । यसका साथै यस्तै रंगशालाको गेटमा दर्शकको तापक्रम पनि नापिनेछ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले रंगशाला लगायत भिडभाड हुने सार्वजनिक स्थलमा जादा खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको थियो ।