|  

जबर्जस्ती करणी आरोपमा १ युवकलाई जन्मकैद

३० पुस, काठमाडौं । रसुवामा जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई जन्मकैद फैसला सुनाएको छ ।

जिल्ला अदालत रसुवाले नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई जन्मकैदको  सजाय दिइएको हो ।

भट्टराईलाई जन्म कैदका साथै नगद रु  ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए ।

भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो ।