|  

कांग्रेस नेता बस्नेतद्धारा आश्रममा १२ लाखमाथी सहयोग

३० पुस, काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले बालिका आश्रमको लागि रु साढे १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

बस्नेतले भरतपुर–१ स्थित देवघाटधाममा निर्माणाधीन रामजानकी बालिका आश्रमको लागि उक्त रकम सहयोग गरेका हुन् । हिजो बिहीबार परिवारसहित देवघाट आएका नेता बस्नेतले निर्माणाधीन आश्रमको एउटा कोठा निर्माणमा लाग्ने सम्पूर्ण खर्चबापतको १२ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ उक्त आश्रमलाई हस्तान्तरण गरेका हुन्।

बस्नेतले अभिभावकविहीन अवस्थामा रहेका बालिकाहरूको पालनपोषणसँगै शिक्षा दीक्षाको लागि अरु बेला पनि आफूले सकेसम्मको    सहयोग गर्ने नेता  प्रतिबद्धता जनाए ।‘अहिले दिएको रकममा पनि अपुग भए म थप्न तयार छु,’ नागार्जुन नगरपालिकाका मेयरसमेत रहेका नेता बस्नेतले भने, ‘अब आउने स्थानीय तहमा पनि पुनः जनप्रतिनिधि बन्ने मौका पाएँ भने यो आश्रमको लागि वार्षिक १० लाख रूपैयाँ सहयोग गर्नेसमेत बाचा गर्दछु ।’

बस्नेतले आफू मरेर गएपछि पनि समाजमा सकारात्मक छाप छोडेर जानकै लागि सामाजिक कार्यमा आफूलाई विभिन्न माध्यमबाट क्रियाशील बनाउँदै आएको बताए ।