|  

अभिनेत्री कीर्तिलाई कोरोना संक्रमण

२९ पुस, काठमाडौं । साउथकी चर्चित अभिनेत्री कीर्ति सुरेशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कीर्तिले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । कीर्तिले भनेकी छिन् ।‘मैले कोरोना सुरक्षाको सबै नियम पालना गरिरहेको थिए यो बीचमा मलाई केही हल्का लक्षण देखियो ।

मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो ‘अहिले आइशोलेसनमा छु । सबै सतर्कता अपनाएकी छु ।’ यसका साथै कीर्तिले   पछिल्लो समय आफ्नो सम्पर्कमा आएको सबै मानिसलाई  कोरोना टेष्ट गर्न  समेत अनुरोध गरेकी छन् ।

यसका साथै कीर्तिले आफु छिट्टै ठिक भएर एक्सन अवतारका साथ फिल्ममा फर्किने बताइन् ।बाल कलाकारबाट अभिनय करियर सुरु गरेकी उनले ‘इडु एन्ना मायम’, ‘महानती’, ‘सरकार’ र ‘गीताञ्जली’ जस्ता कयौं सुपरहिट फिल्म खेलीसकेकी  छन् ।