|  

यस्ता छन् ओमिक्रोन संक्रमणका नयाँ लक्षणहरु

३० पुस, काठमाडौं । हाल विश्वभर कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको छ ।

कोरोनाको तेस्रो लहरसँगै पछिल्लो समय विश्वका विभिन्न मूलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो समय देखा परेको नयाँ भेरियन्ट डेल्टा भेरियन्टभन्दा बढी खतरनाक  रहेको विज्ञहरुको भनाइ छ ।

डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर भने  गुणात्मक रुपमा फैलिने विज्ञहरुले बताइएका छन् ।अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ ।

ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको  छ ।  पछिल्लो समय कोरोना भाइरसका बिरामीहरु बढ्नुको कारण नै ओमिक्रोन भेरियन्ट रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यसका साथै ओमिक्रोनको खतरनाक पक्ष यो हाकी ओमिक्रोनले कोरोना खोप लगाएका–नलगाएका दुवैलाई आक्रमण गर्न सक्छ । कोरोना संक्रमित  भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्रो  बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ ।

हेर्नुहोस ओमिक्रोन भेरियन्टका लक्षणहरु
–घाँटी दुख्नुका साथै असहज हुने,
–थकान महसुस हुने,
–शरीरको मांशपेशी दुख्ने,
– नाकबाट पानी आउने रबन्द हुने,
– हल्का शरीर तातिएको महसुस हुने आदि पछिल्लो समय देखा परेका संक्रमणहरु हुन् ।