|  

टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

३० पुस, काठमाडौं । धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको माण्डवी गाउँपालिका–१ का २८ वर्षीय टिपर चालक भुवन थ्रेडी मगर र दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विकको रहेका छन् ।

कोसी राजमार्गअन्तर्गत धनकुटा–२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना भएको  जिल्ला प्रहरी प्रमुख एसपी नहकुल पोखरेलले जानकारी दिए । पोखरेलका  अनुसार बा प्र ०३–००१ क ०५४९ नम्बरको टिपर सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुवैको शव टिपर मुनि च्यापिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।