|  

बढी शुल्क लिने निजी मेडिकल कलेज र सरकारबीच छलफल जारी

३० पुस, काठमाडौं । बढी शुल्क लिने निजी मेडिकल कलेज र सरकारवीच वार्ता जारी छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सरकार र मेडिकल कलेजका प्रशासनबीच वार्ता चलिरहेको हो । छलफलमा कलेज प्रशासनले लिएको अतिरिक्त शुल्कबारे लगभग कुरा मिलिसकेको तर कलेजको छात्रावासका लागि भने सहमति हुन बाँकी रहेको बताइएको छ । छलफल भने अझै जारी छ ।

पीडित विद्यार्थीहरूले अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गरेपछि केही दिनदेखि निजी मेडिकल कलेजहरू बन्द छन् । केही महिनादेखि केएमसी लगायतका कलेजले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन ।

शिक्षामन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कार्बाही गर्ने चेतावनी दिँदै आएका छन् । तर, विद्यार्थीको समस्याको समाधान भने अझै हुन सकेको छैन ।