|  

टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा पुनः रद्द

३० पुस, काठमाडौं । अष्ट्रेलिया सरकारले विश्वप्रसिद्ध टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा पुनः रद्द गरेको छ। 

स्वास्थ्य र शान्तिसुरक्षाका लागि जोकोभिचको भिसा रद्द गरेको अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले  जानकारी दिएका । जोकोभिचको भिसा रद्द गरिएको जानकारी दिँदै मन्त्री  हकले आफ्नो सीमाको सुरक्षाका लागि अष्ट्रेलियन सरकार कटिबद्ध रहेको उल्लेख गर्दै कोभिड १९ को सम्बन्धमा यसबारे झनै प्रतिबद्ध रहेको बताएका छन्।