|  

आइसोलेसन कक्षको अभावमा कोरोना संक्रमित पालमा बस्न बाध्य

३० पुस, काठमाडौं । बाजुरामा कोरोना संक्रमित बिरामीहरुको लागि आइसोलेसन कक्ष नहुँदा संक्रमित बिरामीहरुलाई पालभित्र राखिएको छ ।

कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित भएका एक जनालाई आइसोलेसन कक्ष नहुँदा  पाल भित्र राखिएको हो ।

बुधबार एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण भएका बुढीनन्दा नगरपालिका–७ का ३१ वर्षिया महेश कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ ।

स्वास्थय परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र रहेको उनले बताए । ‘घर जाउँ भने अपहेलना गर्छन, कोरोना भएको हल्ला गाउँभरि छ’, उनले थपे ।

संक्रमण भएको नगरपालिकालाई जानकारी दिए पनि नगरपालिकाले वास्ता नगरेको उनको गुनासो छ । नगरपालिकासँग बस्न र कपडा पातको ब्यवस्था गरीदिन आग्रह गरे पनि उल्टै नगरपालिकाका कर्मचारीले थर्काउँदै आफैँले व्यवस्थापन गर्ने भनेको कार्कीले बताए ।