|  

आवास लामिछानको गोलको मदतले एपीएफ विजयी

३० पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ विजयी भएको छ ।

आवास लामिछानेले गरेको एक मात्र गोलको मदतले एपीएफ हिमालयन शेर्पालाई १-० ले हराउँदै विजयी बनेको हो । जारी लिगमा शुरुको तीन खेल हारेको एपीएफले त्यसयता लगातार ६ खेलमा अपराजित यात्रा कायम राखेको छ ।

लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले यसअघि फ्रेण्ड्स क्लबलाई पराजित गरेको थियो । तेस्रो चरणमा सातदोबाटो युथ क्लबसँग पराजित भएयता एपीएफ लगातार ६ खेलमा अपराजित छ ।

जितपछि एपीएफ ९ खेलबाट १० अंक जोड्दै ८ औँ स्थानमा उक्लेको छ । हिमालयन शेर्पा ९ खेलबाट ११ अंकसहित छैटौं स्थानमै छ ।