|  

संखुवासभामा शंकास्पद वस्तु फेला

३० पुस, काठमाडौं । संखुवासभामा  एक शंकास्पद वस्तु फेला परेको  छ ।

चैनपुर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्क नजिकै शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार सो वस्तु बिहीबार करिब ४ बजे फेला परेको हो । एउटा बट्टामा टेपले टालेको अवस्थामा सो वस्तु फेला परेको खबर पाएपछि प्रहरीको टोली खटिएको थियो।

उक्त शंकास्पद वस्तु फेला पर्न साथ सो वस्तुको चेक गर्न जिल्लाको खाँदबारीबाट सेनाको डिस्पोजल टोली बोलाइएको प्रहरी निरीक्षक खतिवडाले बताए। शंकास्पद वस्तु फेला परेको ठाउँ इलाका प्रहरी कार्यालयबाट करिब  ३०० मिटरको दूरीमा रहेको उनले बताए।उक्त ठाउँमा अहिले प्रहरीको टोली सुरक्षाको लागि खटिएको छ।