|  

३ न्यायाधिशसहित १० जनामा कोरोना पुष्टि

३० पुस, काठमाडौं । राजविराजका २ जना न्यायाधीशमा कोरोना  संक्रमण पुष्टि भएको छ ।

यसका साथै  सप्तरी जिल्ला अदालतका एक जना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ३ जना न्यायाधिससहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएका १४ जनाको स्वाब परीक्षणमा  १० जनामा संक्रमण देखिएको  यादवले जानकारी दिए ।जिल्ला अदालत सप्तरीका श्रेस्तेदार कुमार मास्केका अनुसार जिल्ला अदालतका एकजना न्यायाधीश र एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै उच्च अदालत जनकपुरको राजविराज इजलासका दुई जना न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको अदालतले जनाएको छ ।
यसका अतिरिक्त जिल्लाको खडग, तिरहुत र राजगढ गाउँपालिकाका एक–एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै राजविराज नगरपालिकाका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।