|  

थप ५ अजार ८७ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

३० पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पीसीआर विधिबाट १३ हजार ४ सय ७४, एन्टीजेन विधिबाट ७ हजार ८६ जनामा परिक्षण गर्दा ५ हजार ८७ जनामा  कोरोना पुष्टि भएको हो । त्यस्तै आज कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ ।बितेको २४ घण्टामा ३ सय ६ जनाले कोरोनालाई जितेका छन् । नेपालमा हाल कोरोना सक्रिय संक्रमित संख्या १८ हजार २ सय ३५ रहेको मन्त्रालयले जनाएको छ ।