|  

विद्यार्थीले दले मेडिकल कलेजका सञ्चालक शर्मालाई कालोमोसो

३० पुस, काठमाडौं । माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलेका छन्  ।

अतिरिक्त शुल्क लिएको भन्दै   लामो समयदेखि आन्दोलनरत  रहेका विद्यार्थीहरुले  शर्मालाई मन्त्रालयको पहिलो तलामा  कालोमोसो दलेका हुन्। शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले सरकारलाई अटेरी गर्दै अतिरिक्त शुल्क लिएको भन्दै कालोमोसो दलेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलेले बताए।

’हामीले कालोमोसो दलेका हौं। उनी मेडिकल माफिया हुन्,’ पराजुलीले  भने। उनका अनुसार प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।  नियन्त्रणमा पर्नेहरुमा   अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई रहेका छन् ।