|  

काठमाडौंमा मात्रै २ हजार ६०७ जनामा कोरोना पुष्टि

३० पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौंमा १ हजार ९सय १३, ललितपुरमा ३ सय ७७ र भक्तपुरमा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल काठमाडौंमा कोरोना सक्रिय संक्रमित संख्या  ७ हजार ६ सय २५, भक्तपुर १ हजार २ सय ५१ र ललितपुर १ हजार ९ सय ३५ गरी  काठमाडौं उपत्यकाभर सक्रिय संक्रमितको संख्या १० हजार ८ सय ११ पुगेको छ ।