|  

लागुऔषधसहित १ जना पक्राउ

३० पुस, काठमाडौं । महोत्तरीमा लागुऔषधसहित  एक जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिबास(१२ बस्ने राकेश महतो रहेका छन् । महचोलाई सम्सीबाट गौशालातर्फ जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग १ख ७४९७ नम्बरको बसमा यात्रारत महतोले शरीरमा  लुकाएको लागूऔषध नाइट्रोभेट–१० ३० पिससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।