|  

प्रदेश १ मा थप ३ सय ७९ जनामा कोरोना पुष्टि

३० पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश १ मा मात्र ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक  विकास मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ सय ४३, एन्टीजेन विधिबाट ३ सय ३ जनामा परिक्षण गर्दा ३ सय ७९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै आज प्रदेश १ मा  २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन् । त्यस्तै प्रदेश १ मा हाल कोरोना सक्रिय संक्रमित संख्या १ हजार १ सय ३७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको हो ।