|  

ट्याक्टर दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु

१ माघ, काठमाडौं । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमानगर कंकालिनी नगरपालिका– ६ का २३ वर्षयी  धिरज सदा  रहेका छन् । सदाको स १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जाने क्रममा अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा मृत्यु भएको हो ।

ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो लिन गएका र सोही  क्रममा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ट्याक्टर पल्टिँदा पानीमा डुबेको शव प्रहरीले बाहिर निकालेको थियो । सदाको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी काफ्लेले बताए ।