|  

उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

१ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पौडेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । पौडेलले आफूमा कोरोना पुष्टि भएसँगै  आफू आइसोलेसनमा रहेको पनि बताएका छन्।