|  

उदित नारायण झाको नयाँ नेपाली गीत ‘स्वतन्त्र मन’ सार्वजनिक

३ माघ, काठमाडौं । बलिउडका लोकप्रिय गायक उदित नारायण झाको नयाँ नेपाली गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ ।

गायक झाले लामो समयपछि नेपाली गीत गाएका हुन् । उक्त गीतमा डा. प्रकाश पौडेलको शब्द रहेको छ भने राज सागरले संगीत भरेका छन् । रोमान्टिक शैलीमा तयार ‘स्वतन्त्र मन’ को म्युजिक भिडियो पनि बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय देख्न सकिन्छ । भिडियोमा आर्यन र वर्षा प्रेमी जोडीको रुपमा देखिएका छन् ।

राजन इशानको संगीत संयोजन रहेको गीतको भिडियो भने बिजेश र राजनले निर्देशन गरेका हुन । भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निर्देशक बिजेश पौडेलकै सम्पादन छ ।